काठमाडौं- नेपाली कांग्रेसले सहकारी प्रकरणमा ठोस धारणा बनाउन वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवा निवासमा बैठक बस्न लागेको हो।
बैठकले सहकारी प्रकरणका सम्बन्धमा ठोस धारणा तय गर्नेछ। कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ। यसका सम्बन्धमा संसदीय छानबिनको माग गर्दै आएको छ।
कांग्रेसले लामिछानेको नाम नै राखेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान लिँदै आएको छ। नाम राख्न नसके गोर्खा मिडियाको नाम राख्ने विकल्पमा कांग्रेससहितका नेताहरुका बीचमा छलफल चलिरहेको छ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेताहरुको बिहान बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो।