मंगलबार, मंसिर ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सहकारी छानबिन संसदीय समितिको क्षेत्राधिकार टुंग्याउन शीर्ष नेताको बैठक बस्दै

सहकारी छानबिन संसदीय समितिको क्षेत्राधिकार टुंग्याउन शीर्ष नेताको बैठक बस्दै

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

काठमाडौं- सहकारीको बचत हिनामिना छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको बैठक बस्दैछ।

National life

आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बैठक बस्न लागेको हो।  

सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग, ठगी छानबिन गर्न प्रमुख दलहरूबीच संसदीय समिति बनाउने सैद्धान्तिक सहमति बनेको छ। तर क्षेत्राधिकारमा कुरा मिल्न सकेको छैन।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडियामा रकम गएकाले त्यो संस्थालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नाम क्षेत्राधिकारमा तोक्नुपर्ने अडान राख्दै आएको छ।

आजको बैठकले सहमति जुटाए सदन सुचारु हुनेछ। आज बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठकका लागि नीति तथा कार्यक्रम पारित गर्ने, आर्थिक सर्वेक्षण पेश गर्ने लगायत १४ वटा कार्यसूची तय गरिएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 26, 2024| 06:45 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्