शनिबार, साउन १२, २०८१

यस्तो छ आजको राशिफल [२०८१ जेठ १२ गते]

 |  शनिबार, जेठ १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १२, २०८१

मेष । आज रमणीय र सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

triton college

वृष । प्रेमीको सहयोग प्राप्त हुनेछ । टेक्निकलको क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

मिथुन । आजबाट पुराना र रोकिएका कार्य पुनस् प्रारम्भ हुनेछ । गरेको कार्य सम्पादनमा सहजता मिल्नेछ, तर चोटपटकको भय छ, सचेत रहनुहोला ।
 
कर्कट । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरूबाट धोका हुनेछ ।

सिंह । आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
 
कन्या । रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक यात्राको योग छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

तुला । रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।
 
वृश्चिक । आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोबारमा विवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला ।
 
धनु । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।
 
मकर । आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
 
कुम्भ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।
 
मीन । आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्

Metro Mart
vianet

प्रकाशित: May 25, 2024| 05:54 शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्