बिहीबार, पुस १०, २०८२

खप्तड राष्ट्रिय निकुञ्जबाट संकलन हुने राजस्वमा कमी

 |  शुक्रबार, जेठ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

डोटी- खप्तड राष्ट्रिय निकुञ्जबाट संकलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ। निकुञ्जले आयोजना गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व संकलन चुनौती बनेको बताइएको छ। 

National life

चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ३ लाख ३६ हजार १० रुपैयाँमात्रै राजस्व संकलन भएको निकुञ्जका कार्यालय प्रमुख सरोजमणि पौडेलले जानकारी दिए। उनका अनुसार सो अवधिमा एक हजार तीन सय चार जनाले खप्तडको भ्रमण गरेका छन्। 

पौडेलका अनुसार आव २०७९/८० मा ७ लाख ८७ हजार ६ सय २६ राजस्व संकलन भएको थियो भने दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए।

आव २०७८/७९ मा दुई हजार दुई सय नौ जनाले खप्तडको भ्रमण गरेकामा ९ लाख २० हजार आठ सय २९ राजस्व संकलन भएको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। 

राजस्वको प्रमुख स्रोत पर्यटकले काट्ने टिकट हो। पछिल्लो समय केही पर्यटकले टिकटबिनै खप्तडको भ्रमण गरिदिँदा राजस्व संकलनमा कमी आएको निकुञ्ज प्रमुख पौडेलको भनाइ छ।

Laxmi sunrise bank
kumari

विभिन्न बहानामा टिकट नकाट्ने र टिकट छल्ने प्रवृत्ति बढ्दै जाँदा राजस्व संकलनमा कमी आउनुका साथै भ्रमणका क्रममा बिरामी परे उद्दारमा कठिनाइसमेत हुने गरेको उनले बताए।

हजारौँ रकम खर्च गरेर खप्तड भ्रमण गर्न आउने केही पर्यटकले एक सयको टिकट काट्न आनाकानी गर्दा पर्यटक व्यवस्थापन तथा आपत्कालीन उद्दारमा समेत समस्या हुने गरेको पौडेलले बताए।

उनका अनुसार निकुञ्जमा प्रवेश शुल्क प्रतिव्यक्ति स्वदेशीका लागि एक सय, सार्क मुलुकका नागरिकलाई पाँच सय र अन्य विदेशीका लागि एक हजार पाँच सय रुपैयाँ तोकिएको छ। रासस

प्रकाशित: May 24, 2024| 21:01 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्