आइतबार, भदौ ७, २०८३

नयाँ बानेश्वरमा सान्भी अटो लिंकको टिभिएस शोरुम

 |  शुक्रबार, जेठ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

काठमाडौं- सान्भी अटो लिंकले नयाँ बानेश्वर, काठमाडौंमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ। हास्य कलाकार सन्दीप क्षेत्री र भक्तपुर वडा नं.२ का सांसद दुर्लभ थापाले रिबन काटेर बिहीबार शोरूमको उद्घाटन गरेका हुन्।

व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू शोरुमबाट उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो लिंकका सञ्चालक श्रीकृष्ण थापाले जनाएका थिए।

उपभोक्ताहरूको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ सञ्चालन भएको सान्भी अटो लिंकको नयाँ शोरुमले टिभिएस बाइक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मत सम्भार लगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित: May 24, 2024| 13:30 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्