बुधबार, वैशाख २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • युएईमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको सांगीतिक कार्यक्रम

युएईमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको सांगीतिक कार्यक्रम

 |  शुक्रबार, जेठ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईमा “उत्सव र उमङ्ग, सिटी एक्सप्रेस सँग” नामक सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए।

National life

कार्यक्रममा टण्डनले सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशमा रहेका नेपालीहरूको कमाइलाई सुरक्षित रुपमा पठाउन सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए। सांगीतिक कार्यक्रममा हाँस्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डर जितु नेपालको प्रस्तुति दर्शकले निकै रुचाएका थिए।

यस्तै, गायिका मिलन नेवारको स्वरले कार्यक्रमलाई थप भव्य बनाएको थियो। लोक दोहोरी गायक खेम सेन्चुरी र गायिका शान्तिश्री परियारले गीतमार्फत् उत्कृष्ट प्रस्तुति दिएका थिए भने कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिएको बताइएको छ।  

सिटी एक्सप्रेस मनि ट्रान्सफरको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले पैसा पठाउन सकिरहेका छन्। आफ्नो ग्राहक वर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

 

kumari

प्रकाशित: May 24, 2024| 13:22 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्