आइतबार, असार २, २०८१

सुनको भाउ तोलामा १८ सय घट्यो

 |  शुक्रबार, जेठ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।

triton college

अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १८ सय रुपैयाँले घट्दै १ लाख ३६ हजार ९ सय रुपैयाँमा झरेको हो।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १८ सय रुपैयाँले नै घट्दै १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घट्दै १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: May 24, 2024| 10:56 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्