सोमबार, जेठ २६, २०८२

सहकारी ठगीविरुद्ध कांग्रेस आन्दोलनमा उत्रिने

 |  बुधबार, जेठ ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ९, २०८१

vianetvianet

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने भएको छ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा आन्दोलनमा जाने कार्यक्रम प्रस्ताव गरिएको हो।

यसअनुसार शुक्रबार राजधानीको भृकुटीमण्डपमा कांग्रेसले बृहत् विरोध प्रदर्शन गर्नेछ। यस्तै, गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा जोडिएका सहकारी रहेका क्षेत्रहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गरिने छ।

त्यसपछि पनि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्ने गरी कांग्रेसले मिति प्रस्ताव गरेको छ। बैठकपछि कांग्रेसले औपचारिक रूपमा संघर्षका कार्यक्रम घोषणा गर्नेछ। कांग्रेसले सहकारी ठगीमा रवि लामिछाने मुछिएको भन्दै उनीमाथि कारबाहीको माग गर्दै आएको छ।

प्रकाशित: May 22, 2024| 14:33 बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्