आइतबार, भदौ ७, २०८३

सिरोहियालाई प्रतिशोध पूरा गर्न पक्राउ गरियो: गगन

 |  मंगलबार, जेठ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाला बदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्न पक्राउ गरिएको टिप्पणी गरेका छन्।

फेसबुकमा उनले लेखेका छन्, "प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ। म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो। आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन् - हेक्का रहोस्।"

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो । 

प्रकाशित: May 21, 2024| 21:51 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्