काठमाडौं- कांग्रेस नेता शेखर कोइरालाले प्रतिशोध साध्न कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियामाथिको पक्राउ स्वीकार्य नभएको बताएका छन् ।
‘आफू दोहारो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोप विरुद्ध छानबिन हुन नदिने तर ३ दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरीले सही र गलत छुट्टाउनेमा विश्वस्त छु ।’
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो ।