सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्री लामिछानेलाई कांग्रेसको प्रश्न- देशको सूचना बेच्ने एजेन्ट को हो ? देखाउनुस्

Siddartha premir insuranceSiddartha premir insurance

गृहमन्त्री लामिछानेलाई कांग्रेसको प्रश्न- देशको सूचना बेच्ने एजेन्ट को हो ? देखाउनुस्

 |  मंगलबार, जेठ ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसका नेताहरूमाथि लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएको छ।

triton college

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेबाट समय लिई बोलेका सांसद बद्री पाण्डेले गृहमन्त्रीले सदनबाटै नेताहरूलाई लगाएका आरोप सत्य हो भने प्रमाणित गरेर देखाउन भनेका हुन्। उनले भने, 'उहाँले लगाएका आरोपहरू यदि सत्य हुन् भने प्रमाणित गरेर देखाउन सभामुखको रूलिङ चाहियो। होइन भने संसदको रेकर्डबाट हटाउन पनि आग्रह गर्न चाहन्छु।’

उनले सहकारी बचत ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठन हुनुपर्ने पनि बताए। पाण्डेले भने, ‘गृहमन्त्रीको संलग्नताको दाबी सम्पूर्ण हिसाबले पुष्टि भएको छ। यस्तै खालको अभियोग भोगिरहेका सांसद गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको हामीले सुनेका छौं। यही सदनका सांसदहरू, एकै अभियोग । एक जना पक्राउ पुर्जी जारी भएर फरार सूचीमा अर्का गृहमन्त्री हुनुपर्ने कस्तो न्याय हो कस्तो बिडम्बना हो?’

राप्रपा सांसद गीता बस्नेतलाई जस्तै गृहमन्त्रीमाथि पनि पक्राउ पुर्जी जारी हुनुपर्ने उनले बताए। उनले कांग्रेसका उपसभापति र महामन्त्रीमाथि गृहमन्त्रीले लाञ्छना लगाएको पनि बताए। ‘म चुनौती दिन चाहन्छु गृहमन्त्री र सिंगै सरकारलाई। के कस्तो खालको कार्यादेश बनाउनुपर्ने हो बनाउनुस्। हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै कार्यक्षेत्रमा लेख्नुपर्ने हो लेख्नुस्, छानबिन समय तोक्नुस्। उपसभापति र महामन्त्री दोषी हुनुभयो भने कांग्रेसका को कोलाई कारबाही गर्नुपर्ने हो गर्नुस्,’ उनले भने।

राष्ट्रिय सूचना बेच्ने एजेन्ट यही सदनमा रहेको गृहमन्त्री लामिछानेले अभिव्यक्ति दिएको उनले बताए। उनले भने, 'गृहमन्त्रीजी को हो त्यो सूचना बेच्ने एजेन्ट तपाईं देखाउनुस्, उसलाई यो सदनबाट गलहत्याउन तपाईंको साथमा हामी लाग्नेछौं। होइन तपाईं निराधारा आरोप लगाउँदै हुनुहुन्छ भने गृहमन्त्रीज्यू तपाईंलाई यो सदनबाट गलहत्याउने कामबाट पनि हामी चुक्ने छैनौं।’

Metro Mart
vianet

प्रकाशित: May 21, 2024| 15:26 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्