सोमबार, जेठ २६, २०८२

छलफल नसकिँदा रविको नाममा जुटेको सहमति टुंगो लागेन

 |  मंगलबार, जेठ ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

vianetvianet

काठमाडौं- सहकारी ठगीका सम्बन्धमा बनाइने संसदीय छानिबन समितिको टीओआर बनाउन गठित कार्यदलमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमा मोटामोटी सहमति बने पनि अन्तिम टुंगो नलागी बैठक सकिएको छ।

कार्यदलको बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि शिशिर खनालले आफ्नो पार्टीका सभापति लामिछाने टीओआरमा नाम राख्न सहमत भएको जानकारी गराएका थिए। तर छलफल अघि बढ्ने क्रममा नेकपा एमाले र माओवादी केन्द्रका प्रतिनिधि कसैको नाम उल्लेख गर्न सहमत भएनन् ।

छलफल नटुंगिएपछि फेरि बस्ने भन्दै नेताहरूले बैठक सकेका छन्। बैठकपछि एमाले सचेतक महेश बर्तौलाले सहमतिबाट विषयहरूलाई टुंग्याउने र संसद्को गतिरोध अन्त्य गर्ने सहमति भएको बताए। संसद् बैठकपछि फेरि कार्यदलको बैठक बस्ने उनले जानकारी दिए।

नेपाली कांग्रेसका जीवन परियारले गृहमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने मागमा आफूहरू अडिग रहेको बताए। छानबिन समिति नबन्दासम्म संसद् चल्न नसक्ने उनको भनाइ छ।

प्रकाशित: May 21, 2024| 11:46 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्