आइतबार, भदौ ७, २०८३

रवि लामिछानेको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति

 |  मंगलबार, जेठ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

काठमाडौं- नेपाली कांग्रेसको मागअनुसार गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउने सहमति भएको छ।

छानबिन समितिको टीओआर बनाउनका लागि गठित कार्यदलमा आज यो सहमति भएको हो। कार्यदल बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि शिशिर खनालले आफ्नो पार्टीका सभापति लामिछाने टीओआरमा नाम राख्न सहमत भएको जानकारी गराएका थिए। यो सहमतिसँगै अवरुद्ध संसद् सुचारु हुने अपेक्षा गरिएको छ।

प्रकाशित: May 21, 2024| 11:02 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्