आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरुण दलले निकाल्यो मशाल जुलुश

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरुण दलले निकाल्यो मशाल जुलुश

 |  सोमबार, जेठ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन तरूण दलले काठमाडौंको बत्तीसपुतलीमा मसाल जुलुस निकालेको छ। प्रदर्शनकारीहरूले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै जुलुस निकालेका हुन्।

सहकारीको बचत रकम अपचलनको विषयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै तरुण दलले जुलुस निकालेको हो।

सोमबार साँझ काठमाडौंको बत्तीसपुतलीमा राँके जुलुस निकाल्दै गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने, गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन हुनुपर्ने लगायत माग गरेका छन्। 

प्रकाशित: May 20, 2024| 20:21 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्