सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

 |  सोमबार, जेठ ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सभापति देउवाले जेठ ९ गते बुधबार बिहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने गरी केन्द्रीय समिति र केन्द्रीय संसदीय दलको संयुक्त बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले संघीय सदनमा निरन्तर अवरोध गर्दै आएको छ। आइतबार गृहमन्त्री लामिछानेको सम्बोधन र सोमबार प्रतिनिधि सभामा प्रतिपक्षको अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि कांग्रेसले आपत्ति जनाएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस नेताहरुमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको पुष्टि गरेर देखाउन चुनौती दिएका छन्। सभामुखको भूमिकाप्रति पनि कांग्रेसले  प्रश्न उठाएको छ।

प्रकाशित: May 20, 2024| 16:25 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्