बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रवि लामिछानेलाई कारबाहीको माग गर्दै सभामुखलाई धनराज गुरुङको निवेदन

रवि लामिछानेलाई कारबाहीको माग गर्दै सभामुखलाई धनराज गुरुङको निवेदन

 |  सोमबार, जेठ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गर्दै सभामुखसमक्ष निवेदन दिएका छन्।

National life

उनले ‘सत्य तथ्य नबोल्ने गृहमन्त्रीमाथि संसद्को अवहेलनामा कारबाही गरी पाऊँ’ भन्दै सोमबार सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका हुन्।

उनले निवेदनमा अदालतले गरेको फैसलामाथि अवहेलना गरेको, आम नागरिकमा भ्रम सिर्जना गरेकाले अदालतभन्दा पनि आफू माथि रहेको गृहमन्त्रीको अभिव्यक्तिबाट देखिएको उल्लेख गरेका छन्। गृहमन्त्रीको अनैतिक कुराले संसद्को अवहेलना हुन पुगेकाले सो कुराको पुष्टि गर्न समेत गुरुङले चुनौती दिएका छन्।

आइतबार प्रतिनिधि सभामा बोल्दै मन्त्री लामिछानेले रातो पासपोर्ट दुरुपयोगको प्रसंग उठाएका थिए र सो प्रकरण गुरुङसँग सम्बन्धित छ।

Shivam cement

प्रकाशित: May 20, 2024| 16:11 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्