बुधबार, वैशाख २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सभामुखले सत्ताको रबर ट्याम्प बनेर मर्यादाको चीरहरण गर्नुभयो: शर्मा

सभामुखले सत्ताको रबर ट्याम्प बनेर मर्यादाको चीरहरण गर्नुभयो: शर्मा

 |  सोमबार, जेठ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजको सदनमा सभामुख नदेखेको बताएका छन्। सभामुख सत्ताको ‘रबर स्ट्याम्प’ बनेको भन्दै शर्माले सभामुख नदेखेको बताएका हुन्।

National life

‘सदनमा आज सभामुख देखिनँ ! देखिरहेको छु– रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चीरहरण गरेको अँध्यारो चित्र मात्र,’ शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आइरहेको छ। यहीबीच आज प्रधानमन्त्रीले विश्वासको मत लिएका छन्। कांग्रेसको विरोधका बीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएका थिए।

सभामुखले बैठक सुरु भएको जानकारी दिनेबित्तिकै कांग्रेस सांसदहरुले आफ्नो आशनबाट उठेर विरोध गरेका थिए। संसदीय मान्यता अनुसार एक जना सांसद उठे पनि बैठक अघि बढाउन मिल्दैन। तर सभामुख घिमिरेले दर्जनौं सांसदको नाराबाजीबीच बैठक सञ्चालन गरे।  

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सकिएसँग बैठक जेठ ८ गते मंगलबार बिहान ११ बजेसम्म स्थगित भएको छ।

kumari

प्रकाशित: May 20, 2024| 13:32 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्