सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संसद् बैठक लगत्तै कांग्रेसले बोलायो संसदीय दलको बैठक, त्यसपछि पत्रकार सम्मेलन

संसद् बैठक लगत्तै कांग्रेसले बोलायो संसदीय दलको बैठक, त्यसपछि पत्रकार सम्मेलन

 |  सोमबार, जेठ ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जबरजस्ती विश्वासको मत पाएलगत्तै कांग्रेसले संसदीय दलको बैठक डाकेको हो।

बैठक दिउँसो साढे १ बजेबाट संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ। बैठकले प्रधानमन्त्रीको विश्वासको मतपछि विकसित राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति तय गर्ने बताइएको छ।

यसअघि बिहान बसेको संसदीय दलको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको बटमलाइन दोहोर्‍याएको थियो। साथै प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिने निर्णय पनि गरेको थियो। विरोधका बीच प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेस बैठक बस्न लागेको हो।

संसदीय दलको बैठकलगत्तै प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन्।

प्रकाशित: May 20, 2024| 13:27 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्