बिहीबार, जेठ २१, २०८३

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

 |  सोमबार, जेठ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका छन्।

National life

विश्वासको मतको पक्षमा १५७ मत परेको छ भने विपक्षमा शून्य मत। एक जना सांसद तटस्थ बसेका थिए।

सभामुखका अनुसार बैठकमा १५८ जना सांसद उपस्थित थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच सभामुख देवराज घिमिरेले बैठकको कारबाही अघि बढाएका हुन्।

सभामुखले बैठक सुरु भएको जानकारी दिनेबित्तिकै कांग्रेस सांसदहरुले आफ्नो आशनबाट उठेर विरोध गरेका थिए। संसदीय मान्यता अनुसार एक जना सांसद उठे पनि बैठक अघि बढाउन मिल्दैन। तर सभामुख घिमिरेले दर्जनौं सांसदको नाराबाजीबीच बैठक सञ्चालन गरे।  

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सकिएसँग बैठक जेठ ८ गते मंगलबार बिहान ११ बजेसम्म स्थगित भएको छ।

Shivam cement

प्रकाशित: May 20, 2024| 13:08 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्