मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रतिपक्षी सांसदको नाराबाजीबीच संसद् बैठक चलाए सभामुखले

 |  सोमबार, जेठ ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक अघि बढाएका छन्।

triton college

कांग्रेस सांसदहरुले बेल घेरेर नाराबाजी गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन्।

प्रधानमन्त्री ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानूनभन्दा माथि हुन नसक्ने बताए। विश्वासको मत लिनुपूर्व प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताए।

‘अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ। पछिल्ला दिनमा लोकतन्त्र कता कता नेतातन्त्रजस्तो देखिँदै गएको थियो। राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो। त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो। तर भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको छ,’ उनले भने।

सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

Metro Mart
vianet

नीति तथा कार्यक्रम पेश गरिसकेको र बजेटको छलफल चलिरहेको अवस्थामा आफूले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने बताए।

कांग्रेसकै अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएपछिको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेका हुन्। प्रतिपक्षी कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेका छन्।

 

प्रकाशित: May 20, 2024| 12:29 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्