आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्रीको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कांग्रेसको निर्णय

गृहमन्त्रीको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कांग्रेसको निर्णय

 |  सोमबार, जेठ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार प्रतिनिधि सभा बैठकमा दिएका अभिव्यक्ति असभ्य, भ्रामक र हिंस्रक खालको रहेको भन्दै आपत्ति जनाएको छ।

National life

कांग्रेस संसदीय दलको सोमबारको बैठकले लामिछानेका अभिव्यक्तिको निन्दा गर्दै यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

बैठकपछि प्रमुख सचेतक रमेश लेखकले भने, हिजो गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभामा असत्य, असभ्य, भ्रामक र हिंस्रक ढंगले प्रस्तुत हुनु भयो। आफूमाथि लागेका अभियोगबबाट भाग्ने प्रयास गर्नुभयो। यो अभिव्यक्तिको हामी घोर निन्दा गर्दछौं र प्रधानमन्त्रीले ध्यानाकर्षण गराउने निर्णय पनि गरेका छौं।'

संसदीय छानबिन समिति नबनाउँदा सम्म सदनको कुनै पनि कामकारबाही अघि बढाउन नदिने उनले जानकारी दिए। आजको बैठकमा पनि कांग्रेसले आफ्नो पुरानै अडान दोहोर्‍याउँदै संसद्
अवरुद्ध गरेको छ।

प्रकाशित: May 20, 2024| 12:25 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्