सोमबार, असोज २६, २०८३

काठमाडौंमा हावाहुरीसहित वर्षा, कस्तो छ देशभरको मौसम ?

 |  सोमबार, जेठ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

काठमाडौं उपत्यकामा आज बिहानैदेखि हावाहुरीसहित वर्षा भएको छ। काठमाडौंको सुन्दरीजल, बूढानीलकण्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बबरमहल आदि स्थानहरूमा बिहानबाट वर्षा भइरहेको हो।

काठमाडौं उपत्यका र आसपासका स्थानमा मध्यम वर्षा भइरहेको छ। अहिले पश्चिमी न्यून चापीय प्रणालीका अतिरिक्त स्थानीय वायुको पनि प्रभाव छ। 

कोशी प्रदेशमा पनि वर्षा भइरहेको छ। मधेस प्रदेशका विभिन्न भूभागमा पनि वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

आज दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।

देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागहरूका एक—दुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र बाग्मती  प्रदेशको एक–दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: May 20, 2024| 07:46 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्