बिहीबार, पुस १०, २०८२

पर्वतका करिब दुई हजार किसान व्यावसायिक आलुखेतीमा

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

पर्वत- पर्वतमा करिब दुई हजार किसान व्यावसायिक आलु खेती गर्न लागेका छन्।

National life

कृषि ज्ञान केन्द्र पर्वतले खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि विगतमा आलुको उपभोगमुखी खेती गर्दै आएका यहाँका करिब दुई हजार किसान व्यावसायिक खेतीमा लागेको बागवानी विकास अधिकृत शंकर पौडेलले बताए।

कार्यक्रमअन्तर्गत हिउँदे मौसममा जिल्लाभरका एक हजार आठ सय २१ जना कृषकले व्यावसायिक आलु खेती गरी आम्दानी गरेको पनि पौडेलले बताए। 'किसानलाई व्यावसायिक आलु खेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। चालु आर्थिक वर्षका लागि तीन करोड विनियोजन गरिएको छ। सो रकमबाट आलुको बीउ, मल, कृषि औजार तथा बजारीकरणका लागि अनुदान उपलब्ध गराइएको छ', पौडेलले भने। 

चालु आवमा एक सय २५ हेक्टरमा आलु खेती विस्तार गर्ने लक्ष्य रहेकामा कृषकको मागअनुसार एक सय ५५ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ। त्यसबाट दुई हजार छ सय ५८ मेट्रिकटन आलु उत्पादन भएको छ। त्यसमध्ये कृषकले उपभोग गरेर बाँकी रहेको आलु बिक्रीबाट पाँच करोड रूपैयाँ आम्दानी गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ।

पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस ४२, कुफ्री, ज्योती, ताराखोला, जातका आलुको खेती गरिएको थियो। प्रतिहेक्टर न्यूनतम २६ मेट्रिकटनदेखि अधिकतम ४६ मेटिकटनसम्म उत्पादन भएको बागवानी विकास अधिकृत पौडेलले जानकारी दिए।

Laxmi sunrise bank
kumari

आलु खेतीमा लागेका कृषकलाई ज्ञान केन्द्रले नियमितरूपमा प्राविधिक सल्लाहका साथै अनुगमनको काम पनि गर्ने गरेको थियो। जिल्लाभर ५४ वटा समूहमार्फत आलु खेती विस्तार गरिएको केन्द्रले जनाएको छ। रासस

प्रकाशित: May 19, 2024| 22:01 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्