बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्री लामिछानेले बोलेका सबै विषयमा छानबिन हुनुपर्छ: कांग्रेस

गृहमन्त्री लामिछानेले बोलेका सबै विषयमा छानबिन हुनुपर्छ: कांग्रेस

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गरेका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आइतबार बेलुकी थापाले पत्रकार सम्मेलन गरेका हुन्।

National life

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभामा बोलेपछि आफूहरूले बोल्न पाउनुपर्ने माग गरे पनि सभामुख देवराज घिमिरेले समय नदिएको उनको भनाइ छ।

महामन्त्री थापाले गृहमन्त्री लामिछानेलाई लक्षित गर्दै भने, ‘तपाईं गृहमन्त्री हो कि टेलिभिजनको प्रस्तोता हो?’ थापाले गृहमन्त्रीले भनेका सबै विषयमा छानबिन समिति गठन गर्न माग गरेका छन्।

थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा केटाकेटीपन देखाएको बताए। लामिछानेले हिजो टेलिभिजन प्रस्तोता हुँदाको जस्तै बोलेर संसद्, पत्रकार र नेपाली जनतालाई बहकाउने काम गरेको बताए।

‘कुनैबेला एकजना टेलिभिजन प्रस्तोता थिए, कहिले नाकको डाँडी भाँच्छु भन्थे, कहिले ठूलोठूलो स्वरले चिच्याउँथे। म आज गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता संसद्‍मा बोलेको हो झुक्किएँ,’ उनले भने, ‘उहाँमा टेलिभिजन प्रस्तोता हुँदा एउटा कुरा तर अब गृहमन्त्री रुपमा ठूलो जिम्मेवारी छ। म तेरो फाइल खोल्दिऊँ, अनुसन्धान गरिदिऊँ भन्ने होइन। गृहमन्त्रीले त्यसो भन्ने होइन, धमाधम अनुसन्धान गर्ने हो।’

Laxmi sunrise bank
kumari

थापाले आफू प्रसूति गृहमा जन्मिएको बताउँदै त्यहीँदेखि अनुसन्धान गरे हुने बताए। उनले आफूले विदेशीलाई सूचना बेचेको भनेर लगाइएको आरोपलाई केटाकेटीपनको संज्ञा दिए ।

महामन्त्री थापाले फाइल खोल्दिउँ भनेर धम्की नदिन गृहमन्त्री लामिछानेलाई चेतावनी दिए। थापाले सबै फाइल खोल्न चुनौती पनि दिए। 'फाइल खोल्दिउँ फाइल खोल्दिउँ भनेर धम्क्याउने होइन गृहमन्त्रीज्यू। सबै फाइल खोल्नुस्। नधम्क्याउनुस्, नतर्साउनुस्, नअल्मल्याउनुस्।' 

उनले शक्तिशाली सहकारी ठगलाई कारबाही गर्नुपर्छ भनेर कांग्रेसले सरकारमा छँदा पनि बोलेको स्मरण गराए। रवि लामिछाने मन्त्री र सांसद भएका कारण नै संसदीय छानबिन समिति बनाउन आवश्यक परेको उनले बताए। 

उनले केही सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता रहेकोले व्यक्ति तोकेर छानबिन गर्नुपर्ने उनले बताए। 'तिमीहरू सबै चोर हो मैले पनि चोर्न पाउनुपर्छ भन्ने ढंगले गृहमन्त्रीले सदनमा भाषण गरेको थापाले बताए। सदनमा गृहमन्त्री बोलेपछि समाभुखले बैठक स्थगित गरेका थिए। त्यसपछि थापाले पत्रकार सम्मेलन गरेर जवाफ फर्काएका हुन्।

प्रकाशित: May 19, 2024| 19:48 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्