बिहीबार, पुस १०, २०८२

गृहमन्त्री लामिछाने बोलेपछि संसद् बैठक स्थगित

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

काठमाडौं- सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

National life

सभाभुखले बैठकमा गृहमन्त्री रवि लामिछानेले बोलिसकेपछि अरु सांसदलाई बोल्नै नदिई बैठक स्थगित गरेका हुन्। गृहमन्त्री लामिछानेले बोलिसकेपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका सबै विषय हटाइएको घोषणा गरेका थिए।

बैठक अगाडि बढाउने परिस्थिति नरहेको भन्दै सभामुख घिमिरेले कार्यसूचीमा रहेका सबै विषय हटाएको बताएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत नेताले संसदमा गृहमन्त्रीले बोलिसकेपछि आफ्नो धारणा राख्ने तयारी गरे पनि बोल्न नदिई बैठक स्थगित भएको हो।

प्रकाशित: May 19, 2024| 19:21 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्