सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसलाई गृहमन्त्रीको प्रश्न- प्रधानमन्त्रीको अफर डेट एक्सपायर भयो कि बाँकी नै छ?

कांग्रेसलाई गृहमन्त्रीको प्रश्न- प्रधानमन्त्रीको अफर डेट एक्सपायर भयो कि बाँकी नै छ?

 |  आइतबार, जेठ ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

vianetvianet
National life insurance

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि उठेका प्रश्नको जवाफ दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेले कांग्रेस सांसहरुमाथि कटाक्ष गर्दै सहकारी ठगी प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिएका हुन्।

गृहमन्त्री लामिछानेले आफूलाई प्रधानमन्त्रीको रुपमा स्वीकार गर्न अफर गर्नेले गृहमन्त्रीमा किन स्वीकार गर्न नमिल्ने भन्दै प्रश्न गरे। उनले आफूलाई डेढ वर्ष प्रधानमन्त्रीको रुपमा स्वीकार गर्ने अफर डेट एक्सपाएर भयो कि बाँकी छ ? भनेर प्रश्नसमेत गरेका छन्।

'म गृहमन्त्री हुन नैतिक रुपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहीँ कुन नैतिक रुपले मिल्ने रहेछ ? यो कुरा म सदनमा सोध्न चाहन्छु। अफर गर्नेहरुले कान रातो पार्नुपर्दैन। म राजनीतिमा गोपनीयता ख्याल राख्ने मान्छे हुँ।' उनले भने, 'केही गोपनीयता अवश्यकपनि राखौंला। हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीको रुपमा स्वीकार गर्ने अफरको डेट एक्सपाएर भयो कि अझैं बाँकी नै छ ? त्यस पछाडि म नैतिकताको परीक्षा दिउँला।'

प्रकाशित: May 19, 2024| 19:21 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्