सोमबार, जेठ २६, २०८२

'मास्टर की' बनाएर मोटरसाइकल चोरी गर्ने ६ जना पक्राउ

 |  आइतबार, जेठ ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

vianetvianet

काठमाडौं- मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको  छ। विभिन्न मितिमा चोरी भएका पाँच थान मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेर मकवानपुर प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा हेटौडा उपमहानगरपालिका-१६ का २० वर्षीय मिलन पाख्रिन, सोही ठाउँका ३० वर्षीय रत्नबहादुर गोले, बकैया गाउँपालिका-८ का १९ वर्षीय सञ्जिव भोलन, सोही ठाउँका ३३ वर्षीय रमेश लोप्चन, इन्द्रसरोबर गाउँपालिका-५ का २९ वर्षीय सुवास बम्जन र अशोक स्याङ्तान छन्।

सुरुमा २ जेठमा मिलन पाख्रिन र रत्नबहादुर गोलेलाई चोरीको बागमती प्रदेश–०२–०३ प २१९६ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको थियो।

उनीहरुलाई सोधपुछ गर्दा सञ्जिव भोलनले बिक्रि गरेको बताएपछि भोलनलाई बागमती प्रदेश–०२–०४१ प ३९०८ नम्बरको २२० सिसीको चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको थियो।

अनुसन्धानको क्रममा रमेश लोप्चन, सुवास बम्जनले मोटरसाइकल दिएको भोलनले बताएपछि उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको थियो। उनीहरुले मोटरसाइकल चोरी गरेर पार्टपुर्जाहरु अशोक स्याङ्तानलाई बेच्ने गरेको बताएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो।

National life insurance

उनीहरुबाट विभिन्न मितिमा चोरी भएका ५ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। चोरी गर्नका लागि चाबी तोड्न प्रयोग गरिएको ‘मास्टर की’ समेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेकाहरुविरुद्ध चोरीको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित: May 19, 2024| 18:46 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्