आइतबार, भदौ ७, २०८३

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

काठमाडौं- प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ।

आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा फेरि  साढे ४ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए। 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मा उठाउँदै आएको सहकारी संस्थाहरुको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नेबारे दलहरू सहमत भएपनि समितिको कार्यादेश टुङ्गो लाग्न सकेको छैन। छानबिन समितिको कार्यादेशबारे अहिले पनि दलहरू छलफलमै छन्। 

प्रकाशित: May 19, 2024| 16:25 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्