सोमबार, जेठ २६, २०८२

प्रतिनिधिसभा बैठक दुई बजेलाई सारियो

 |  आइतबार, जेठ ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

vianetvianet

काठमाडौं- सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण प्रतिनिधि सभाको बैठक सरेको छ।

बिहान ११ बजे बोलाइएको बैठक साढे १२ बजे सूचना जारी गरेर २ बजेलाई सरेको जानकारी दिइएको छ। संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गरेको उल्लेख छ।

संसदीय समितिको कार्यादेश टुंग्याउन कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदलको बैठक बसिरहेको छ। उक्त समितिले संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाएपछि प्रतिनिधिसभाको बैठक बस्नेछ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच शनिबार साँझ भएको वार्ताले सहकारी रकम अपचलन छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति जुटाएको थियो, तर उक्त समितिको कार्यादेश के हुने भन्नेमा सहमति भइसकेको छैन।

प्रकाशित: May 19, 2024| 12:54 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्