शनिबार, भदौ २८, २०८२

निर्वाचन प्रणालीका कारण अस्थिरता बढ्यो: कोइराला

 |  शनिबार, जेठ ५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ५, २०८१

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटक–पटक विश्वासको मत लिएकोप्रति आपत्ति जनाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते चौथो पटक संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उनले त्यसप्रति आपत्ति जनाएका हुन्। नेता कोइरालाले प्रधानमन्त्री दाहाललाई कति पटक विश्वासको मत लिने भनि प्रश्नसमेत गरे।

उनले प्रधानमन्त्री दाहाल आफैलाई प्रधानमन्त्री केका भएको भन्ने जिज्ञासाको जवाफ नभएको जिकिर पनि गरे। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक अस्थिरता भएकाले त्यसलाई परिवर्तन गरेर अघि बढ्ने कुरामा ठूला दल कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अडानसमेत दोहोर्‍याए।
 

प्रकाशित: May 18, 2024| 17:47 शनिबार, जेठ ५, २०८१
प्रतिक्रिया दिनुहोस्