सोमबार, जेठ २६, २०८२

यस्तो छ प्रतिनिधिसभा बैठकको आजको कार्यसूची

 |  शुक्रबार, जेठ ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ४, २०८१

vianetvianet

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो। 

सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ। बैठकमा कांग्रेसका सांसदहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’ लगायतका नारा लगाएका थिए। 

प्रतिपक्षको अवरोधका बीच सभामुख देवराज घिमिरले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए। उनले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसद विरोधमा उत्रिएपछि बैठकमा धकेलाधकेल भएको थियो। 

प्रकाशित: May 17, 2024| 05:47 शुक्रबार, जेठ ४, २०८१
प्रतिक्रिया दिनुहोस्