सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गगनले पत्रकार सम्मेलन गरेर भने- सभामुख एउटा नेताको आदेशपालक हुनुभयो

गगनले पत्रकार सम्मेलन गरेर भने- सभामुख एउटा नेताको आदेशपालक हुनुभयो

 |  बिहीबार, जेठ ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार प्रतिनिधिसभामा भएको घटनाको मूल जिम्मेवारी सभामुख देवराज घिमिरेको भएको बताएका छन्।

बिहीबार साँझ संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी उनले सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेका बेला जबर्जस्ती संसदलाई कार्यसूचीमा प्रवेश गराएको बताए। उनले भने, 'आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो, यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ। किनकी सदनलाई जबर्जस्ती कार्यसूचीमा प्रवेश गराएर एकप्रकारको अप्रिय अनपेक्षित स्थिति सिर्जना गर्ने कामको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार कांग्रेसको अवरोधका बाबजुद संसद चल्छ भनेको र त्यसको भोलिपल्ट संसदमा त्यही दृश्य देखिएको भन्दै थापाले सभामुख आदेश पालकको भूमिका देखिएको आरोप लगाए। उनले भने, 'सम्माननीय सभामुख एउटा पार्टीको नेताको आदेशपालकको रुपमा उहाँको भूमिका यसरी रहने कुरा हाम्रा लागि दुखको विषय हो, यसरी निरन्तर रुपमा जाँदैन भन्ने अपेक्षा गर्छौं। र उहाँको भूमिका जिम्मेवारीपूर्ण रुपमा निर्वाह गर्न सचेत गराउँछौं’, थापाले भने।

सभामुख घिमिरेले बिहीबार सत्तापक्षका तीन पार्टीका अध्यक्षसँग परामर्श गरेर त्यसै अनुसार बैठक चलाएको पनि थापाले बताए। 
 
सांसदहरुबीच धकेलाधेकल भएपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे सम्मका लागि स्थगित गरेका छन्।

प्रकाशित: May 16, 2024| 19:23 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्