बिहीबार, पुस १०, २०८२

कांग्रेसले बोलायो संसदीय दलको बैठक

 |  बिहीबार, जेठ ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

National life

सभामुखले प्रतिनिधिसभा बैठकमा देखाएको व्यवहारको समीक्षा गर्न कांग्रेसले संसीय दलको बैठक बोलाएको हो। बैठक शुक्रबार बिहान ९ बजे बस्नेछ।

सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानविन समिति गठनको माग गर्दै बिहीबारे प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गर्दै वेल घेरेपनि सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाउने प्रयास गरेका थिए।

सभामुख घिमिरेले नाराबाजीकै बीच राष्ट्रिपति कार्यालयबाट प्राप्त दुई वटा पत्र पढेर सुनाएका थिए। विपक्षी दल विरोधमा उभिँदा पनि प्रतिनिधिसभाको बैठक अघि बढाउन खोजेकोमा आपत्ति जनाउँदै सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

प्रकाशित: May 16, 2024| 19:14 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्