सोमबार, साउन ११, २०८३

च्याम्पियन्स लिग ‘ड्र’ : कसको प्रतिद्वन्द्वी को ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- युइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनीक भएको छ । युरोपियन फुटबल एसोसिएसन (युइएफए)ले सोमबार अन्तिम १६ को ‘ड्र’ सार्वजनिक गरेको हो ।

यस सार्वजनिक ‘ड्र’मा केही ठुला टोलीले प्रतिस्पर्धा गर्दै छन् । जहाँ अन्तिम १६ मा म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन, लिभरपुल र बायर्न म्युनिख तथा युभेन्ट्स र एट्लेटिको मड्रिडको खेललाई निकै महत्वको साथ हेर्न सकिन्छ ।

‘ड्र’ अनुसार इङ्लिस क्लब म्यान्चेष्टर युनाईटेडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई प्रतिद्वन्दीको रुपमा पाउदा यो खेल दर्शकका लागि पनि निकै नै रोमाञ्चक हुने अनुमान गरिन्छ । त्यस्तै इङ्लिस क्लब लिभरपुलले जर्मन क्लब वायर्न म्युनिखलाई प्रतिद्वन्दी पाएको छ ।

अर्को खेल इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग अन्तिम १६ को भेट पक्का गरेको छ । स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सको लियोनलाई प्रतिद्वन्दी पाउँदा साबिकको विजेता रियल मड्रिडले डच क्लब आयाक्ससँग खेल्ने छ ।

अन्तिम १६ को पहिलो लिग फेब्रुअरी १२ र १३ मा हुनेछ  । यस्तै दोस्रो लिग १९ र २० फेब्रुअरीमा हुनेछ । अन्तिम आठको खेल मार्चमा हुनेछ ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।