काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ।
बिहीबारको बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध गरेका थिए।
कांग्रेस सांसदहरू आसनमा नबसेपछि अध्यक्ष दाहालले जेठ ४ गते बस्नेगरी बैठक स्थगित भएको घोषणा गरेका छन्।