बिहीबार, मंसिर १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगञ्ज सुक्खा बन्दरगाहबाट १० महिनामा ४० अर्ब राजस्व संकलन

Siddartha premir insuranceSiddartha premir insurance

वीरगञ्ज सुक्खा बन्दरगाहबाट १० महिनामा ४० अर्ब राजस्व संकलन

 |  बिहीबार, जेठ ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

पर्सा- सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा ४० अर्ब ३ करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 

himalayan bank box

साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ। 

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख  डा रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व संकलन हुन नसकेको बताए।

'अहिले समग्र मुलुकको बजार सुस्ताएको  छ', उनले भने, 'माग कम भएपछि आयात पनि स्वतः घट्ने भयो।' भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनाको अवधिमा ५४ अर्ब २७ करोड २१ लख ३५ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियोभने कार्यालयले १० महिनाको अवधिमा भने ४० अर्ब तीन करोड  संकलन गरेको छ।

प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गाे रेलबाट ढुवानी हुनेगरेको छ।  विगतमा दैनिक तीन वटा कार्गाे रेलबाट मालसमान आउने गरेकामा हाल दुई वटाबाट आउने गरेको छ। कार्गाे रेलले एक पटकमा ६० वटा कन्टेनर ल्याउने गरेको छ। 

Metro Mart
vianet

भन्सार विभागले कार्यालयलाई चालु आवमा ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व संकलन गर्ने लक्ष्य तोकिदिएको भए तापनि कार्यालयले भने चालु आवमा लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्रै राजस्व संकलन हुने जनाइएको छ।

प्रमुख भन्सार अधिकृत मैनालीले चालु आवमा आइरन ब्लेड र मदिराजन्य पदार्थको आयात कम भएकाले पनि राजस्व संकलनमा घटेको बताए।

'यहाँ विशेष गरी औद्योगिक कच्चा पदार्थ आयात हुने गर्छ तर विगतको तुलनमा यो वर्ष औद्योगिक कच्चापदार्थ आयात हुन भएको छैन', उनले भने, 'गर्मी याम सुरु हुँदा पनि एसी र छाताजस्ता सामानको आयात बढेको छैन, विगतमा यो सिजनमा एसी र छाताको आयात धेरै हुने गथ्र्यो यो वर्ष एसी र छाताको पनि आयात पनि बढ्न सकेको छैन।'

कार्यालयले चालु आवको साउन महिनामा चार अर्ब सात करोड राजस्व संकलन गर्‍यो। भदौ महिनामा चार अर्ब ५७ करोड र असोज महिनामा चार अर्ब ४६ करोड राजस्व संकलन गरेको थियो।

उक्त कार्यालयले कात्तिक महिनामा तीन अर्ब ६३ करोड, मङ्सिर महिनामा चार अर्ब २८ करोड, पुस महिनामा तीन अर्ब ७५ करोड राजस्व संकलन गर्‍यो। कार्यालयले माघ महिनामा तीन अर्ब ७४ करोड, फागुन महिनामा तीन अर्ब ६२ करोड, चैत महिनामा चार अर्ब २८ करोड र बैशाख महिनामा तीन अर्ब ५८ करोड राजस्व संकलन गरेको जनाएको छ।
 
भन्सार विभागले कार्यालयलाई गत आवमा ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो तर उक्त कार्यालयले ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार मात्र संकलन गरेको थियो।  रासस

प्रकाशित: May 16, 2024| 20:01 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्