मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एकीकृत समाजवादीद्वारा श्रम आयोग गठनको माग

 |  बिहीबार, जेठ ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अनौपचारिक क्षेत्रका श्रमजीवीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न श्रम आयोग गठनको माग गरेको छ।

triton college

केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मलेनमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रम निरीक्षण प्रणालीजस्ता संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्दै श्रमको अवस्थामा सुधार ल्याउन सरकार र सम्बन्धित सबै सरोकारवाला पक्षसँग माग गरेका छन्। जनताको बचत अपचलन गरी ठूलो धनराशि दुरुपयोग गरेका सहकारी संस्थामाथि छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्ने उनको भनाइ छ। यस क्षेत्रमा देखिएका समग्र समस्या समाधानका लागि आर्थिक तथा वित्तीय अपराधमा संलग्न सबैलाई दण्डित गरी पीडित नागरिकको निक्षेप फर्काउन अध्यक्ष नेपालले सरकारसँग आग्रह गरे।

मुलुकका विभिन्न स्थानमा यो वर्ष डढेलो र आगलागीमा परी ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै बैठकले घाइतेको निःशुल्क उपचार र धनजनको क्षति व्यहोरेका पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ। आगामी मनसुनको समयमा सामान्यभन्दा अधिक वर्षा हुने भएकाले विषम मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै अधिक वर्षा र बाढी, पहिरोबाट हुने जनधनको न्यूनीकरण गर्न आवश्यक पूर्वतयारीमा रहन पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ। बैठकले नदी किनारा र बाढीले प्रभावित हुनसक्ने क्षेत्रका  जनतालाई सतर्क रहनसमेत अपिल गरेको छ।

वर्षाको सुरूआत भएपछि मुलुकभर रोपाइँको गतिविधि तीव्र रूपमा अगाडि बढ्ने अवस्थामा रोपाइँका लागि आवश्यक पर्ने बीउबिजन र मलखाद आपूर्तिको व्यवस्था सुनिश्चित गर्न बैठकले माग गरेको छ। लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमीको संरक्षण गरी आर्थिक, वित्तीय तथा मौद्रिक नीतिहरूमार्फत अर्थतन्त्रको वर्तमान निराशापूर्ण अवस्थामा जिम्मेवारीपूर्वक हस्तक्षेप गर्न आग्रह गरेको छ।

प्रकाशित: May 16, 2024| 15:02 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्