मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

 |  बिहीबार, जेठ ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

काठमाडौं- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्। उनले पक्षमा २८ मत पाएका छन् भने विपक्षमा शून्य मत पर्‍यो। कांग्रेस, नाउपा रेशम पक्ष र राप्रपाका सांसद भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर हिँडेका थिए।

triton college

नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिए। 

एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

५३ सदीस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन्।

प्रकाशित: May 16, 2024| 14:16 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्