मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

संसद् खुलाउन सभाामुख र प्रधानमन्त्रीको पहल, बैठक चार बजेलाई सारियो

 |  बिहीबार, जेठ ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

काठमाडौं- सदनमा देखिएको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पहल थालेका छन्।

triton college

प्रधानमन्त्री दाहालले बालुवाटारमा बिहीबार बिहान सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेसँग छलफल गरे भने सभामुख सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसँग टेलिफोनमा कुराकानी गरे।

उनले सदनको गतिरोध अन्त्य गर्न आग्रह गरेका छन्। यसैगरी सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानाले कानुन मन्त्री पदम गिरीसहित सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल पनि गरेका छन्।

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग अनौपचारिक कुराकानी गर्ने भएका छन्। प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएकोमा अपराह्न ४ बजेलाई सारिएको छ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। कांग्रेसले जेठ १ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरोध गरेको थियो। सदनमा कांग्रेस र एमाले आमनेसामने हुने र मुठभेडतर्फ जाने पनि देखिएको छ।

Metro Mart
vianet

 

प्रकाशित: May 16, 2024| 12:37 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्