शुक्रबार, पुस ११, २०८२

कांग्रेससँग सहमति जुटाउन संसद् बैठक सारियो

 |  बिहीबार, जेठ ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

काठमाडौं- आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक आधा घण्टा बितिसक्दा पनि सुरु हन सकेको छैन।

National life

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक केही ढिला गर्न सभामुखलाई आग्रह गरेपछि बैठक बस्न ढिलाइ भएको हो।

प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी सभामुखलाई दिएका थिए। बैठक चल्ने वातावरण बनेपछि समय तोकिने बताइएको छ।

सभामुखले आजै संसद् भवन नयाँ बानेश्वरमा कानुन मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्। 

छलफलमा कानून मन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 16, 2024| 11:38 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्