काठमाडौं- सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ तोकेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सयले बढी हो।
यो मूलुय हालसम्मकै उच्च पनि हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको प्रभाव परेको हो।
यअसघि वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। आज प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको छ। यसअघि बुधवार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।