बिहीबार, जेठ २१, २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

 |  बिहीबार, जेठ ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन्। वैशाख ६ गते संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका सोडारीले बिहीबार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

National life

प्रदेश सभा सचिवालयले यसअघि वैशाख २१ र २२ गते दुई पटक विश्वासको मत लिन बैठक बोलाएको थियो। तर सत्तारुढ दलको प्रमुख घटक नेकपा एमालेले मुख्यमन्त्रीले हतार गरेका कारण तत्काल विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक नबसिकन स्थगित भएको थियो।

एमालेले सोडारीलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने जनाएको छ।

एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

५३ सदीस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन्।

Shivam cement

प्रकाशित: May 16, 2024| 07:48 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्