शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिलाई धन्यवाद दिने र गृहमन्त्रीले विधेयक पेश संसद्‍ बैठकको कार्यसूची

राष्ट्रपतिलाई धन्यवाद दिने र गृहमन्त्रीले विधेयक पेश संसद्‍ बैठकको कार्यसूची

 |  बिहीबार, जेठ ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

काठमाडौं- आज बस्ने प्रतिनिधि सभा बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

National life

नेपाली कांग्रेसले भने गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने अडान राख्दै आएको छ। आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सोमबार पारित हुन नसकेको धन्यवाद प्रस्ताव पेश गर्ने कार्यसूची छ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि रहेको छ।

यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय भएको छ।

यस्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने,उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्ने कार्यसूची रहेको छ।

Laxmi sunrise bank
kumari

साथै उद्योगमन्त्री भण्डारीले नै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची छ।

प्रकाशित: May 16, 2024| 07:27 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्