काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ।
बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६-६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
अब पेट्रोल उपत्यकामा १७१ र डिजेल/मट्टितेल लिटरको १५४ रुपैयाँ पर्नेछ। यसअघि पेट्रोल प्रतिलिटर १७८ र डिजेल/मट्टितेल लिटरको १५९ रुपैयाँ थियो।
घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ। ग्यासको मूल्य भने यथावत् छ।