शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सहकारी प्रकरण छानबिनका लागि तत्काल समिति बनाउन नेविसंघ अध्यक्ष गुरुङको माग

सहकारी प्रकरण छानबिनका लागि तत्काल समिति बनाउन नेविसंघ अध्यक्ष गुरुङको माग

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

काठमाडौं- नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले सहकारी प्रकरणमा तत्काल छानबिन समिति बनाउन सरकारसँग माग गरेका छन्।

National life

नेविसंघले बुधबार आयोजना गरेको र्‍यालीलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि र गृहमन्त्री रवि एउटै मान्छे हो भने कारबाही गर्नुपर्ने बताए।

बिहान-बेलुका छाक टार्ने पैसा सहकारीमा जम्मा गरेका व्यक्तिहरूको बिचल्ली बनाएर लामिछाने सत्तामा रमाएको आरोप उनले लगाए। भोलिसम्म छानबिन समिति बन्ने विश्वास व्यक्त गर्दै गुरुङले तत्काल सहकारी पीडितको पक्षमा निर्णय नभए तरुण दलको विरोधले अग्र रूप लिने बताए।

अध्यक्ष गुरुङले नेपाल प्रहरीभित्र भइरहेको सरुवा बढुवाप्रति पनि असन्तुष्टि व्यक्त गरे। समय नै नपुगी प्रहरी अधिकृतहरुको सरुवा बढुवाले मनोबल कमजोर हुने उनको तर्क छ।

प्रकाशित: May 15, 2024| 16:46 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्