आइतबार, भदौ ७, २०८३

'रविविरूद्ध फैसला सुनाउन कांग्रेसका सांसद न्यायाधीश हुन् ?'

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि आरोप लगाउँदै फैसला सुनाउने कांग्रेसका सांसदहरू न्यायाधीश नभएको टिप्पणी गरेका छन्।

पार्टी संसदीय दलको बैठकमा उनले भने, 'सांसदहरूले बोल्नै नपाउने, आरोपित गर्ने अनि बोल्नै नपाउने कस्तो खालको लोकतन्त्र ? लैकतन्त्र भन्न अप्ठ्यारो लाग्दैन कांग्रेसलाई ? कुनै माननीयमाथि व्यक्ति तोकेर आरोप लगाएपछि को न्यायाधीश हुन्छ नेपाली कांग्रेस ? कुन सांसद न्यायाधीश हुन्छ फलानो अपराधी नै हुन्छ भनेर ? राजनीतिक स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने? आफ्नोतर्फ आउन मानेन भने अपराधी भइहाल्ने? कांग्रेसलाई शरम लाग्नुपर्छ।’

सदन नेपाली कांग्रेसको दादागिरीले चल्ने ठाउँ नभएको उनले बताए। आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने ओलीले बताए।

उनले भने, ‘कांग्रेसका मान्छेहरू एमालेका विभिन्न नेताहरूमाथि मर्यादाहीन ढंगले आरोप उचालेर हिँडेका छन्। अहिले सदन चल्न पनि एमालेले नदिएको भनिरहेको छ। कांग्रेसकाले प्रधानमन्त्री र रवि लामिछानेले पनि चलाउँ भनिरहेका छन्, एमालेले चलाउन दिएको छैन भन्छन्। हामीले पनि चलाउनुपर्छ भनिरहेका छौं तर, संसद् भनेको कांग्रेसको दादागिरीले चल्ने ठाउँ होइन । विधि र नियमले चल्छ । लोकतान्त्रिक तरिकाले चल्नुपर्छ।’

 

 

प्रकाशित: May 15, 2024| 14:33 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्