आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता छानबिन माग गर्दै नेविसंघको प्रदर्शन

सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता छानबिन माग गर्दै नेविसंघको प्रदर्शन

 |  बुधबार, जेठ २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेकाले छानबिन समिति गठन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।

कांग्रेसले संघीय संसद्‌मा समेत यही माग राखेर बैठक अवरुद्ध गर्दै आएकोमा भातृ संगठन पनि सडकमा उत्रिएको हो।

प्रदर्शनमा नेविसंघले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेको छ। गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा ओलीले पनि जोगाउन खोजेको, गिरीबन्धु चिया बगानको जग्गाको सम्बन्धमा एमाले अध्यक्ष ओली दोषी रहेको आरोप नेविसंघका कार्यकर्ताहरूले लगाएका छन्।

 

प्रकाशित: May 15, 2024| 13:34 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्