बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा कांग्रेसको अवरोध, नाराबाजीपछि संसद् बैठक स्थगित

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा कांग्रेसको अवरोध, नाराबाजीपछि संसद् बैठक स्थगित

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

National life

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समितिको माग गर्दै नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुखले बैठक स्थगित गरेको हुन्।

बैठक अब जेठ ३ गते बिहान ११ बजे बस्नेछ। कांग्रेसको अवरोधपछि सरकारको नीति तथा कार्यक्रम पेस गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पेस हुन सकेन।

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेस गर्न दिए पनि छानबिन समिति गठन नभएसम्म कांग्रेसले अन्य कुनै कार्यसूचीमा प्रवेश गर्न नदिने बटमलाइन बनाएको छ।

 

Shivam cement

प्रकाशित: May 14, 2024| 18:46 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्