शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • 'ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४' बाट ग्लोबल आइएमई सम्मानित

'ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४' बाट ग्लोबल आइएमई सम्मानित

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

काठमाडौं- ग्लोबल आइएमई बैंक 'ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४' बाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका उत्कृष्ट बैंकहरु छनोट गरी ग्लोबल आइएमई बैंकलाई पनि सम्मान गरेको हो।

National life

बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङलगायत मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको म्यागाजिनको भनाइ छ।

ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो। ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक रहेको ग्लोबल आइएमई बैंकको दाबी छ।

ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रोबैंकलगायत विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मान गरेको हो।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरु प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट 'नेपालको उत्कृष्ट बैंक'को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवा प्रदान गर्न थप उत्साहित गर्ने बैंकले बताएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 14, 2024| 17:03 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्