आइतबार, भदौ ७, २०८३

ईसेवाले सुरु गर्‍यो राइड शेयरिङ प्लेटफर्म ‘जुम जुम’

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

काठमाडौं- नेपाली बजारमा नयाँ राइड शेयरिङ प्लेटफर्म भित्रिएको छ। चर्चित डिजिटल वालेट ईसेवाको अभिभावक कम्पनी एफवन सफ्ट ग्रुपले श्रीलंकाको राइड हेलिङ प्लेटफर्म ‘पिकमी’ सँगको प्राविधिक​ साझेदारीमा ‘जुम जुम’ नाममा यो सेवा ल्याएको हो।    

सुरुवाती चरणमा यसमार्फत बाइक राइड सेवा लिन सकिने र चाँडै नै ट्याक्सी सेवा पनि सञ्चालन गरिने कम्पनीले जनाएको छ। हाल काठमाडौं उपत्यकामा सञ्चालन भएको सेवा अन्य क्षेत्रमा पनि विस्तार गर्ने कम्पनीको योजना छ।

यसैबीच कम्पनीले नयाँ ग्राहकका लागि अफर ल्याएको छ। ​जसअन्तर्गत "HELLOJUMJUM" वा JUMJUMCAN  प्रोमोकोड राखेर राइड बुक गर्दा सुरुको तीन ओटा राइड (अधिकतम १०० रुपैयाँ) निःशुल्क पाइनेछ।

एफवन सफ्टले पिकमीसँग कुन सम्झौताको शर्तमा जुम जुम नेपालमा ल्याएको हो भन्नेबारे भने खुलाइसकेको छैन। हाल ईसेवा एपमा पनि 'न्यु सर्भिसेस' सेक्सनमा जुम जुम राइड शेयरिङ थपिएको छ।

कम्पनीका अनुसार ट्रिप बुक भएलगत्तै जुम जुम प्रयोगकर्ताले बीमा सुविधा पाउनेछन् भने यात्रुले ड्राइभरका लागि एपमार्फत (नोट) मेसेज पठाउन सक्नेछन्। त्यस्तै जुम जुम एपबाट ‘वन-वे’ राइडमात्रै नभई ‘रिटर्न ट्रिप’ समेत बुक गर्न सकिनेछ।

अर्को विशेषताका रुपमा यसमा मल्टिपल राइड बुकिङ गर्ने मिल्ने सुविधा छ। त्यस्तै कम्पनीले जुम जुम एपबाटै ईसेवामार्फत राइड शुल्क तिर्न मिल्ने व्यवस्था मिलाएको छ।

प्रकाशित: May 14, 2024| 16:55 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्